‘गाउँ आएको बाटो’मा दयाह्यांग राई र पशुपति राई

काठमाडौँ। निर्देशक नविन सुब्बाले नयाँ चलचित्र ‘गाउँ आएको बाटो’ बनाउने भएका छन्। मंगलवार काठमाडौँमा एक कार्यक्रम आयोजना गर्दै चलचित्रको जानकारी दिइयो। राई समुदायको कथा बोकेको चलचित्रको छायांकन भोजपुर आसपास गरिनेछ। चलचित्रमा दयाह्यांग राई, पशुपति राई, खानुमा राई, केशव राई, प्रमिशा राई, प्रेम सुब्बा आदि कलाकारहरुको अभिनय रहने चलचित्रमा महेश राई र नविन सुब्बाको स्क्रिप्ट रहेको छ। अमोद राईले निर्माण गर्न लागेको चलचित्रका  कार्यकारी निर्मातामा नेपालबाट सञ्जु राई, हङकङबाट देवराज राई, यूकेबाट नरहाङ राई र  अमेरिकाबाट भीम राई रहेका छन्। चलचित्रको छायांकनका लागि मार्किन कापरोनलाई अमेरिकाबाट बोलाईएको छ। निर्देशक नविन सुब्बाले चलचित्र ‘नुमाफुङ’ बनाएका थिए। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×