जौन योन्जनको निर्देशनमा फिल्म ‘आँखा’ निर्माण हुने

काठमाडौँ - फिल्म ‘आँखा’ निर्माण हुने भएको छ। निर्माण युनिटले सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्म औपचारिक निर्माण घोषणा गरेको हो।

लामा सिनेमाको ब्यानरमा निर्माण हुन लागेको फिल्ममा आरके मेहता, अस्मिता लामिछाने, निशा अधिकारी,बुद्धि तामाङ, विजय बराल, सरोज खनाल, पशुपति राई, कृष्णभक्त महर्जन, राजन खतिवडा, प्रविण खतिवडा, लुनिभा तुलाधर, रविन्द्र झा, रेनुका कार्की, अभय बराल, सरोज लामिछाने, मोहन अभिलाशीको लगायतको अभिनय रहने छ। 

फिल्म जौन योन्जनले निर्देशन गर्न लागेका छन्। आकोश शुक्लाको छायांकन, दिपक आरजेको संगीत रहने फिल्मका द्वन्द्व निर्देशक रेवन्त विक्रम थापा हुन्।

नेपाली समाजको एउटा यर्थाथ पाटो समेटेर फिल्म निर्माण गर्न लागेको निर्देशक योन्जनले बताएका छन्। नेपाली फिल्ममा हराउँदै गएको पर्फमिङ आर्ट फिल्ममा आफूले फर्काउन लागेको उनको भनाई छ। 

फिल्म २०८० मा प्रदर्शनमा आउनेछ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×