भारत। रिपोर्ट्सको विश्वास गर्ने हो भने आजकाल दर्शकहरू चलचित्रभन्दा बढी वेब सिरिज हेर्न मनपराउछन्। बितेको केहि समयमा धेरै वेब सिरिजले दर्शकको मनमा स्थान बनाएको छ। त्यति मात्र होइन धेरै कलाकारहरू समेत यिनै वेब सिरिजका माध्यमबाट सफल भए। २०२०मा रिलिज भएको बलिउड अभिनेता जयदीप अहलावतको 'पाताल लोक'ले लकडाउनमा दर्शकहरूलाई धेरै मनोरंजन प्रदान गर्यो। चलचित्र समिक्षकहरुले पनि सो सिरिजक्लो निकै प्रशंसा गरे। यस्तोमा दर्शकहरू लामो समयदेखि 'पाताल लोक'को दोस्रो सिजनको पर्खाईमा बसेका छन्।
भारतीय सञ्चार माध्यमसँग कुरा गर्दै जयदीप अहलावतले 'पाताल लोक २'को बारेमा आफुलाई कुनै जानकारी नभएको बताए। उनले निर्माण पक्षले नै यसको जवाफ दिन सक्ने पनि बताए। उनले आफुलाई पनि सिरिजको दोस्रो सिजन चाडै सुरु होस् भन्ने चाहना रहेको समेत बताए। जयदीप अहलावतले ‘पाताल लोक’मा हाथीराम चौधरीको भूमिका निभाएका थिए, जो एक पुलिस अफिसर हुन्छन्।