यस्तो छ ‘म यस्तो गीत गाउँछु २’को व्यापार

काठमाडौँ। गत शुक्रबारदेखि देशभरका सिनेमाघरबाट प्रदर्शनमा आएको चलचित्र ‘म यस्तो गीत गाउँछु २’ले बक्स अफिसमा राम्रो व्यापार गरेको निर्माणपक्षले बताएको छ। चलचित्रले प्रदर्शनको दुई दिनमा करिब एक करोड ८० लाख रुपैयाँ माथिको व्यापार गरेको निर्माणपक्षले जनाएको छ।

चलचित्रले शुक्रबार देशभरका सिनेमाघरबाट ७० लाख कमाएको छ भने  शनिबार एक करोड १० लाखको व्यापार गरेको वितरक करण क्रेजीले जनाएका छन्। आइतबार पनि चलचित्रले राम्रो व्यापार गरेको अनुमान गरिएको छ। साथै मंगलबार परेको शिवरात्रीको बिदामा चलचित्रले अझ राम्रो व्यापार गर्ने अड्कल काटिएको छ। फलस्वरूप अधिकांश मल्टिप्लेक्सहरुले मंगलबारका लागि चलचित्रको शो वृद्धि गरिसकेका छन्।

सुदर्शन थापाको निर्देशन रहेको चलचित्रमा पल शाह, पूजा शर्मा, हरिहर शर्मा, दिनेश डीसी, गणेश गिरी आदि कलाकारहरुको अभिनय रहेको छ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×