भारत र अष्ट्रेलियाबीचको पहिलो टी-२० आज

काठमाडौँ - आईसीसी टी-२० विश्वकप अघि भारत र अष्ट्रेलियाबीचको ३ खेलको टी-२० सिरिज आजबाट सुरु हुँदैछ। घरेलु टोली भारत र अष्ट्रेलियाबीचको पहिलो खेल नेपाली समय अनुसार ७:१५ बजेबाट मोहालीमा सुरु हुँदैछ।

सिरिज अष्ट्रेलियाले अक्टोबर १६ देखि नोभेम्बर १३ तारिखसम्म आयोजना गर्ने टी-२० विश्वकपको तयारीको रुपमा समेत रहेको छ। गत वर्ष भएको टी-२० विश्वकप पछि भारतले २९ वटा टी-२० खेल खेलेको छ भने अष्ट्रेलियाले केवल ९ खेल खेलेको छ। अझ भारत र अष्ट्रेलियाले सन् २०२० को डिसेम्बरदेखि एक-अर्काविरुद्ध टी-२० खेल खेलेका छैनन्।

यस सिरिजमा विश्वकप अघि अष्ट्रेलिया र भारत दुबैले आफ्ना स्टार खेलाडीहरुको प्रदर्शन सुधारिएको हेर्न चाहन्छन्। विश्वकपमा अष्ट्रेलियाले आफ्नो पहिलो खेल न्यूजिल्यान्ड तथा भारतले पहिलो खेलमा पाकिस्तानको सामना गर्नेछ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×