२५ भदौ, काठमाडौं – नेपाल टेलिकमले हालको विषम परिस्थितिलाई मध्यनजर गर्दै आफ्ना ग्राहकहरूलाई तीन दिनका लागि नि:शुल्क डेटा र भ्वाइस कल सेवा उपलब्ध गराएको छ। यो सेवा हिजो रातिदेखि सक्रिय भएको छ। प्रवक्ता रवीन्द्र मानन्धरका अनुसार, यस सेवाले स्वदेश तथा विदेशमा रहेका आफन्तहरूसँग सम्पर्क राख्न सहज बनाउनेछ।
डेटा सेवा सक्रिय गर्न ग्राहकहरूले *1415*8*3# डायल गर्नुपर्नेछ भने भ्वाइस कल सेवा लिन *1415*8*7# डायल गर्न सकिन्छ। यो जानकारी सबै ग्राहकहरूको मोबाइलमा एसएमएस मार्फत पठाइएको छ।
नि:शुल्क डेटा सेवा १ एमबीपीएसको छ र भ्वाइस कल नेपाल टेलिकमको नेटवर्कभित्र मात्र प्रयोग गर्न सकिन्छ।