अभिनेत्री रेखा थापा राप्रपाका राजेन्द्र लिङ्देनलाई समर्थन गर्दै

काठमाडौँ। अहिले नेपालमा बिभिन्न राजनीतिक दलहरुले महाधिवेशन गरिरहेका छन्। यसैबिच मंसिर १५, १६ र १७ गते राजधानीमा राजावादी राजनीतिक दल राष्ट्रिय प्रजातन्त्र पार्टीको पनि महाधिवेशन हुने भएको छ। जसको अध्यक्षका लागि राप्रपाका वर्तमान अध्यक्ष कमल थापा र झापाका राजेन्द्र लिङ्देनबिच भिडन्त हुँदैछ। नेपाली सिने जगतकी लोकप्रिय अभिनेत्री रेखा थापा राजेन्द्रको समर्थनमा उत्रिएकी छिन्। उनले आफ्नो सामाजिक संजालको माध्यमबाट समेत राजेन्द्रका लागि भोट मागीरहेकी छिन्। आइतवार उनले फेसबुकमा एक पोस्टर शेयर गर्दै राजेन्द्र लिङ्देनलाई अध्यक्षमा जिताउन भनेकी छिन्। उनी काठमाडौँ क्षेत्र नं. ४ बाट महाधिवेशन प्रतिनिधि बनेकी छिन् र राजेन्द्रको प्यानलबाट राप्रपाको पदाधिकारीमा उम्मेदवारी दिने तयारीमा रहेकी छिन्। उनले कुन पदमा उम्मेदवारी दिने भन्ने बारे अहिले निर्णय भने भइसकेको छैन। उनी २०७३ सालमा राप्रपा प्रवेश गरेकी हुन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×