काठमाडौँ। करिब दुई वर्षअघि छायांकन थालिएको चलचित्र ‘२ नम्बरी’को छायांकन बिभिन्न कारणले बिचमा रोकिएको थियो। तर, चलचित्रको छायांकन चैत १ गतेदेखि पुन: सुरु हुने भएको छ। हाल निर्माणपक्ष छायांकन स्थलको खोजीमा रहेको छ। चलचित्रको छायांकन सुरुबाट गर्ने निर्माण पक्षको तयारी रहेको छ।
किरण नेपाली निर्माता रहेको चलचित्रमा दयाहाङ राई, पल शाह, वर्षा राउत, भुटानी अभिनेत्री उगेन छोदन, जयनन्द लामा आदि कलाकारहरुको अभिनय रहने भनिएको थियो। तर, अब कलाकारहरूमा केहि परिवर्तन हुने जनाईएको छ। पल शाह जर्बजस्ती करणीको आरोपमा न्यायिक हिरासतमा रहेकाले उनको सट्टा अर्कै कलाकारलाई अनुबन्धित गर्ने तयारीमा निर्माण पक्ष रहेको छ। त्यसैगरि कलाकार जयनन्द लामाको निधन भएकाले उनको भूमिका पनि कुनै हास्य कलाकारले निभाउने बताईएको छ। चलचित्रमा दीपेन्द्र लामाको निर्देशन रहनेछ।