काठमाडौँ। नेपाली चलचित्र ‘ओभरडोज’ भोलि (शुक्रबार)बाट प्रदर्शनमा आउने भएको छ। अध्ययनको शिलशिलामा विगत ७ वर्षदेखि अमेरिका बसिरहेका अभिनेता प्रनिशराज पन्तको यो पहिलो चलचित्र रहेको छ। अमेरिकामा छायांकन गरिएको चलचित्रमा सुमन पौडेलको कथा एवम् निर्देशन रहेको छ। लागूऔषध र अपराधको कथा समेटिएको चलचित्रमा सविनजंग थापा, बिना श्रेष्ठ, सदीक्षा कार्की आदि कलाकारहरुको अभिनय रहेको छ। दादा प्रोडक्सन हाउसको व्यानरमा निर्माण भएको चलचित्रलाई जि.जि.ए ग्रुपले उपत्यका र एफ.डि कम्पनीले उपत्यका बाहिर वितरण गर्नेछ। चलचित्रका निर्माता जीवनकुमार केसी हुन्।