केकी अधिकारी अभिनित ‘सिल्ली फो’ को प्रदर्शन मिति तय

काठमाडौँ - केकी अधिकारी अभिनित ‘सिल्ली फो’ को प्रदर्शन मिति तय भएको छ। फिल्म आगामी असार ३१ गते रिलिज हुने पक्का भएको हो। निर्माण टिमले फिल्मको पोष्टर सार्वजनिक गर्दै रिलिज मितिबारे जानकारी दिएको हो। कमेडी जनरामा  बनेको यस फिल्ममा चार बदमास सिल्लीहरुको कथा समेटिएको छ। 

फिल्मको लेखन र निर्देशन राजबहादुर सानेले गरेका हुन्। फिल्ममा केकीका साथै धीरेन शाक्य, रवीन्द्र झा, राजाराम पौडेल, दिनेश रेग्मी, भुगोल कार्की, रमेश बजगाईं, अनिता लामिछाने, दीपक थापाको अभिनय रहेको छ। मनोज डिके निर्माता रहेको फिल्ममा विशाल श्रेष्ठ सह-निर्माता छन्। फिल्ममा दिव्य सुवेदी, वीरेन्द्र परियार, नरेन्द्र आलेको छायांकन रहेको छ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×