नाना पाटेकर लगायतका व्यक्तित्व सम्मानित

 भारत। मास्टर दीनानाथ मंगेशकर स्मृति प्रतिष्ठानको दीनानाथ मंगेशकर पुरस्कार र अन्य पुरस्कारबाट संगीत, नाटक, कला र सामाजिक कार्यका क्षेत्रका व्यक्तिहरू सम्मानित भएका छन्। बलिउड अभिनेता नाना पाटेकर,गीतकार उषा मंगेशकरलाई विशेष पुरस्कार दीनानाथ विशेष पुरस्कार दिग्गज गायिका-संगीतकार मीना मंगेशकर खडिकरलाई दिइयो भने मास्टर दीनानाथ मंगेशकर पुरस्कार (जीवन गौरव पुरस्कार) संगीतकार प्यारेलाल शर्मा (लक्ष्मीकान्त-प्यारेलाल) र कलाकार प्रेम चोपडालाई पनि विशेष पुरस्कार प्रदान गरियो। त्यसैगरि राज्यसभाका सांसद तथा सम्पादक सञ्जय राउतलाई सम्पादकीय क्षेत्रमा समर्पित सेवाका लागि र माला सिन्हालाई विशेष पुरस्कार प्रदान गरियो। साहित्यमा वाग्विलासिनी पुरस्कार सन्तोष आनन्दलाई र कविता र साहित्यमा  कवि नीरजालाई पनि सम्मान गरियो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×