‘ए मेरो हजुर ४’ को टिजर सार्वजनिक

काठमाडौँ। नेपाली चलचित्र ‘ए मेरो हजुर ४’ को टिजर सार्वजनिक गरिएको छ। टिजरमा अनमोल र सुहानाको प्रेमसम्बन्धको उतारचढाव देखाईएको छ। झरना थापाको निर्देशन रहेको चलचित्रमा सलोन बस्नेत पनि मुख्य भूमिकामा रहेका छन्। सुनिल कुमार थापा प्रोडक्शनको ब्यानरमा बनेको चलचित्रमा रामजी लामिछानेको कोरियोग्राफी, हिमाल केसीको एक्सन, मित्र डी गुरुङको सम्पादन र संजय लामाको छायांकन रहेको छ। चलचित्र वैशाख १ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको छ।
टिजर:
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×