काठमाडौँ । नेकपा एमाले नेता पदम गिरीले मुलुक गम्भीर संकटतर्फ गइरहेको भन्दै राष्ट्रियता र संविधानको रक्षा गर्न केपी शर्मा ओलीको नेतृत्व अनिवार्य रहेको बताएका छन्। एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले अहिले देशलाई दृढ र निर्णायक नेतृत्वको आवश्यकता रहेको उल्लेख गरे।
गिरीका अनुसार लोकतन्त्र र संविधानमाथि चुनौती बढिरहेका बेला पार्टीभित्र सबै प्रतिनिधिहरू ओलीको नेतृत्वमा अघि बढ्न मानसिक रूपमा तयार देखिएका छन्। उनले महाधिवेशन भव्य, सभ्य र ऐतिहासिक ढंगले अगाडि बढिरहेको बताए। साथै, यसपटक केन्द्रीय कमिटीमा नयाँ अनुहारहरू देखिने संकेत पनि उनले दिए।