चर्चित भारतीय हास्य कलाकार भारती सिंह बनिन् आमा

काठमाडौँ - चर्चित भारतीय हास्य कलाकार भारती सिंह आमा बनेकी छिन्। विवाहको पाँच वर्ष पश्चात उनलाई सन्तान प्राप्त भएको हो। आइतबार उनले पहिलो सन्तानका रुपमा छोरालाई जन्म दिएकी हुन्।

यो खबरलाई सामाजीक संजाल मार्फत भारतीका श्रीमान् हर्ष लिम्बाचियाले सार्वजनिक गरेका थिए। हर्षले भारतीसँगको सुन्दर तस्वीर संजालमा राख्दै 'इट्स अ बोय' लेखेका छन्। उनको यस पोष्टमा उनीहरुका प्रशंसकका साथसाथै सेलिब्रिटीहरुले पनि बधाई दिइरहेका छन्।


 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×