टि-२० विश्वकप लागि पाकिस्तानले सार्वजनिक गर्यो नँया जर्सी

काठमाडौँ - पाकिस्तानले अस्ट्रेलियामा आयोजना हुने टी-२० विश्वकप क्रिकेटका लागि जर्सी सार्वजनिक गरेको छ। पाकिस्तानले हिजो विश्वकपका लागि जर्सी सार्वजनिक गरेको हो।

टी-२० विश्वकप १६ अक्टोबरबाट १३ नोभेम्बरसम्म अष्ट्रेलियाको विभिन्न सात शहरमा आयोजना हुनेछ। पाकिस्तान अघिल्लो संस्करणमा अस्ट्रेलियासँग सेमिफाईनलमा पराजित भएको थियो।

पाकिस्तानले भारतविरुद्ध खेल्दै विश्वकपको सुरुवात गर्नेछ। पाकिस्तानले बाबर अजामको कप्तानीमा विश्वकप खेल्ने १५ सदस्सीय टोलीको घोषणा गरिसकेको छ। पाकिस्तानको घोषित टोलीमा शाहिन शाह अफ्रिदीले पुनरागमन गरेका छन्। चोटका कारण अफ्रिदीले एसिया कप गुमाएका थिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×