काठमाडौँ - नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने आबद्ध भएको लंका प्रिमियर लिग (एलपीएल) अब नयाँ मितिमा हुने भएको छ। श्रीलंका क्रिकेट (एसएलसी)ले लिग आगामी डिसेम्बर ६ देखि २३ सम्म हुने जनाएको छ।
यसअघि एलपीएल आगामी अगष्ट १ देखि ३१ सम्म हुने तय भएको थियो। तर श्रीलंकामा पछिल्लो समय देखिएको आर्थिक संकटका कारण प्रतियोगिता स्थगित गरिएको थियो।
तेस्रो संस्करणको एलपीएलका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान लामिछाने दम्बुला जायन्ट्समा अनुबन्ध भएका छन्। उनलाई दम्बुलाले ४० हजार डलरमा विदेशी कोटामा राखेको हो।