जातीय विभेदविरुद्ध बनेका फिल्ममा वाशिष्ठको ‘द बास्केट’ उत्कृष्ट

काठमाडाैँ - जातीय विभेदविरुद्ध घोषणा गरेको लघु फिल्म प्रतियोगितामा वाशिष्ठको ‘द बास्केट’ले पहिलो स्थान हासिल गरेको छ। शुक्रबार चलचित्र विकास बोर्डमा आयोजित कार्यक्रममा विजेता चार फिल्मसँगै निर्णायकले छानेका २० फिल्मका सहभागीलाई सहभागिताको प्रमाण पत्र वितरण गरिएको हो। 

नेपाल चलचित्र निर्देशक समाजले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र युएनडीपीसँग मिलेर लघु फिल्म प्रतियोगिता गरेको थियो। कार्यक्रममा सुरेन्द्र प्रजापतिको ‘शून्य’ दोस्रो स्थानमा रहँदा राजेश श्रेष्ठको ‘नयाँ जुत्ता’ ले तेस्रो स्थान पाएको हाे। 

शर्मा क्रिएसनको ‘अछोप’लाई सान्त्वना पुरस्कार प्रदान गरिएको छ। निर्देशक समाज र युनडीपीले जातप्रथा र यसको उन्मुलनका उपाय समेटिएका कथा ३ मिनेट भित्रमा प्रस्तुत गर्नुपर्ने गरी गत डिसेम्बरमा सूचना प्रकाशित गरेका थिए। 

निर्णायक मण्डलले समितिलाई प्राप्त ५६ फिल्मबाट २० फिल्म छानेका थिए । 

यसरी छानिएका २० फिल्ममध्ये निर्णायकको ५० प्रतिशत र दर्शक रुचिका फिल्मलाई ५० प्रतिशत गरी विजेता ४ फिल्मको छनोट गरिएको जुरी संयोजक नीर शाहले जानकारी गराएका थिए। प्रतियोगितामा पहिलो हुने फिल्मले २ लाख रुपैयाँ, दोस्रो हुनेले १ लाख ५० हजार र तेस्रो हुनेले  ५० हजार र चौथो हुनेले २५ हजार रुपैयाँ प्राप्त गरेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×