काठमाडौँ । जेनजी आन्दोलनका कारण केही दिन बन्द रहेका काठमाडौँ उपत्यकाका विद्यालय सोमबारबाट पुनः सञ्चालनमा आएका छन्। आन्दोलनले सिंहदरबार, सर्वोच्च अदालत र संसद् भवनजस्ता सरकारी निकायहरूमा क्षति पुर्याउँदा विद्यालयहरू अस्थायी रूपमा बन्द गरिएको थियो।
हाल अवस्था सामान्य भएपछि पठनपाठन पुनः सुरु भएको हो। यद्यपि, जेनजी आन्दोलनका अगुवा सुदन गुरुङ समूहले आइतबार साँझ प्रधानमन्त्री सुशील कार्कीको राजीनामा माग गर्दै प्रदर्शन गरेपछि स्थिति पुनः जटिल बन्न सक्ने अनुमान गरिएको छ। समूहले आफ्ना माग पूरा नभए आन्दोलन नरोकिने चेतावनी समेत दिएको छ।