काठमाडौँ- मुलुकभर पछिल्लो २४ घन्टामा १ हजार ७१४ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो अवधिमा ५ हजार २२५ नमुनाको पिसिआर परीक्षण गर्दा १ हजार १०३ जनामा संक्रमण पुष्टि भएको छ भने ३ हजार २८८ नमुनाको एन्टिजेन परीक्षण गर्दा ६११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
सोही अवधिमा ४ हजार ७७१ जना संक्रमणमुक्त भएका छन् भने ९ जनाको मृत्यु भएको शनिबार मन्त्रालयले जारी गरेको विवरणमा उल्लेख छ।शनिबारसम्म नेपालमा कोरोना संक्रमितको कुल संख्या पिसिआरतर्फ ९ लाख ६५ हजार २२२ पुगेको छ भने एन्टिजेनतर्फ १ लाख ३४ हजार ८१ पुगेको छ।
त्यस्तै निको हुनेको कुल संख्या ९ लाख ६३९ पुगेको छ। त्यस्तै मृत्यु हुनेको कुल संख्या ११ हजार ८०३ पुगेको छ। शनिबार देशभर सक्रिय संक्रमितको संख्या ५२ हजार ७८० रहेको छ। जसमध्ये ५१ हजार ४३४ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ३४६ जना संस्थागत आइसोलेसनमा रहेका छन्। संस्थागत आइसोलेसनमा रहेकामध्ये २५१ जना आइसियु र ४९ जना भेन्टिलेटरमा रहेका छन्।