पाँचौ 'ग्लोबल नेपाली फिल्म अवार्ड’ आयोजना हुँदै

काठमाडौँ। अमेरिकाको टेक्सस राज्यको ड्यालस शहरमा पाँचौ ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ आयोजना गरिने भएको छ। काठमाडौँमा एक कार्यक्रमबिच यो कुरा बताईएको हो। सन् २०१६ देखि नियमित आयोजना हुँदै आएको कार्यक्रम यसपाली २०२२ जुलाई ३ तारिखमा आयोजना हुने भएको छ। 

नेपाल फिल्म सोसाइटी, ग्लोबल नेपाली फिल्म अवार्ड एलएलसी अमेरिका र एसोसियसन अफ नेप्लिज इन द अमेरिकाज् (एएनए)ले  संयुक्त रूपमा आयोजना गर्न लागेको कार्यक्रममा नेपाली चलचित्र र चलचित्रकर्मीलाई सम्मान, अमेरिकामा रहेका चलचित्रकर्मीलाई प्रोत्साहन तथा सम्मान गरिनेछ। ‘एटिए एभरेष्ट इन्स्यूरेन्स’ले प्रायोजन गर्न लागेको कार्यक्रममा यो वर्षबाट अवार्डमा भुटानी फिल्महरुबीच प्रतिस्पर्धा गराएर पहिलो, दोस्रो र तेस्रो विजेता छानिने बताईएको छ।

कार्यक्रमका लागि बिभिन्न कलाकर्मीले शुभकामना दिएका छन्। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×