‘मायाको कम्पनी’ गीतको भिडियो सार्वजनिक

काठमाडौँ - विरेन्द्र नौभाग्य र मौसमी गुरुङ्गको फिचरिङ्गमा ‘मायाको कम्पनी ’गीतको भिडियो सार्वजनिक भएको छ। सार्वजनिक गीतमा मायालु जोडि बिचको प्रेम प्रसङ्गलाई गीतमा समावेश गरिएको छ।

‘मायाको कम्पनी ’ गीतमा मित्र केसी र गायिका आकाक्षा जोसी को स्वर रहेको छ। गीतमा मित्र केसीको शब्द तथा संगीत रहेको छ। म्यूजिक भिडियोको छायांकन कोरियाको विभिन्न ठाउँमा गरिएको छ।

‘मायाको कम्पनी ’ गीतको भिडियोलाई देवेन्द्र पुन ले छायाँकन तथा सम्पादक गरेका हुन्। भिडियोमा कलर इजोक मगर मगरले सम्पादन गरेका हुन भने निर्देशन विरेन्द्र नौभाग्यको रहेको छ।

विरेन्द्र र मौसमीलाई प्रिति लामा ,निरज श्रेष्ठ,रामु मगर, सोनु तामाङ, गोकुल हाङ राई र साजन दियालीले फिचरिङ्गमा साथ दिएका छन।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×