कैलाली - सुदूरपश्चिम प्रदेश सभाको एक कार्यक्रम हालै बर्खास्त भएका प्रदेश सरकारका भौतिक पूर्वाधार राज्यमन्त्रीलाई राज्यमन्त्रीकै दर्जामा राखिएको पाइएको छ। प्रदेश सभाको अन्तिम बैठकपछि प्रदेश सभा सचिवालयले शुक्रबार आयोजना गरेको पहिलो पञ्चवर्षीय कार्यकालको समीक्षा तथा सम्मान कार्यक्रममा राज्यमन्त्रीकै दर्जामा आशनग्रहण गराइएको छ।
प्रदेश सरकारका मुख्यन्यायधिवक्ता कुलानन्द उपाध्यायले बर्खास्त गरिएको राज्यमन्त्रीलाई जिम्मेवार निकायले राज्यमन्त्रीकै दर्जा दिएर प्रदेश सरकारको उपहाससँगै कानूनकै धज्जी उडाउने काम प्रदेश सभा सचिवालयबाट भएको बताए।
उनले भने, ‘सरकारको बारेमा यस्ता महत्वपूर्ण निर्णयबारे पनि जानकारी राख्न नसक्नु प्रदेश सभा सचिवालय जस्तो गरिमामय निकायको ठुलो मिस्टेक हो। मैलै हिजो नै यसबारे सल्लाह सुझावसहित सच्याउनको लागि सचिवालयलाई आग्रह गरेको थिए। तर बेवास्ता गरियो।’
नेकपा (एकीकृत समाजवादी)बाट राज्यमन्त्री बनेका चौधरीलाई हालै कञ्चनपुको महेन्द्रनगरमा आयोजना गरिएको जनसभामा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गरेका थिए। लगत्तै राज्यमन्त्री चौधरीलाई मुख्यमन्त्री त्रिलोचन भट्टले राज्यमन्त्री पदबाट बर्खास्त गरेका थिए।
त्यस्तै, प्रदेश सभा सचिवालयको सो कार्यक्रम अर्को गल्तीले कार्यक्रममै तरंग उत्पन्न भएको थियो। प्रदेश प्रमुख देवराज जोशीको प्रमुख अतिथ्यमा भएको सो कार्यक्रममा आयोजकले सामान्य सावधानी समेत अप्नाउन नसक्दा पाँच वर्षे अवधिको अन्तिममा आयोजित ऐतिहासिक कार्यक्रम नै खल्लो भएको एक सांसदले बताए।
मर्यादा अनुसार आशन ग्रहण नगराइएपछि प्रदेश सभाकी उपसभामुख निर्मला बडाल जोशी रुष्ट बनेकी थिइन्। आशनग्रहणको क्रममा कार्यक्रम उद्घोषकले उनको मर्यादाक्रम मिचेर अर्कालाई आशनग्रहण गराएपछि उनी रुष्ट बनेकी हुन्।
मर्यादाक्रम अनुसार विपक्षी दलका नेताभन्दा अगाडि आशनग्रहण गराउनुपर्नेमा पछाडि गराइएपछि उनी रुष्ट बनेको बताइएको छ। रुष्ट बनेकी निर्मला बडाल जोशी अथिति दीर्घमा आशनग्रहणको लागि आग्रह गर्दा समेत अतिथि दीर्घभन्दा अगाडिको शोफामै आशन ग्रहण गरिन्