जोकोभिचले २०२३ को अस्ट्रेलियन ओपन खेल्न पाउने

काठमाडौँ - सर्वियन टेनिस स्टार नोभाक जोकोभिचले सन् २०२३ मा हुने अस्ट्रेलियन ओपन टेनिस प्रतियोगिता खेल्न पाउने भएका छन्। अस्ट्रेलियन सरकारले भिसामाथिको प्रतिवन्ध फुकुवा गरेपछि जोकोभिचले अस्ट्रेलियन ओपन खेल्न पाउने भएको बीबीसीले जनाएको छ।

कोभिडविरुद्धको खोप नलगाएका कारण गत जनवरीमा जोकोभिचलाई अस्ट्रेलियाको विमानस्थलबाट पक्राउ गरी डिपोर्ट गरिएको थियो। साथै अस्ट्रेलियन सरकारले उनीमाथि अस्ट्रेलिया प्रवेशमा ३ वर्षको रोक समेत लगाएको थियो।

तर अस्ट्रेलियको अध्यागमन मन्त्री एन्ड्रयूज गिल्सले जोकोभिचमाथिको प्रतिवन्ध फुकुवा गरिएको र उनलाई भिसा दिने तयारी भएको जनाएका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×