भारत। धर्मा प्रोडक्शनले क्रिकेटसँग सम्बन्धित एक चलचित्र बनाइरहेको छ। धर्मा प्रोडक्शनले आफ्नो आधिकारिक सामाजिक सञ्जालबाट यो कुराको जानकारी दिएको हो। चलचित्रको नाम 'मिस्टर एंड मिसेज माही' रहेको छ। प्रोडक्शनले सञ्जालमा एक भिडियो शेयर गर्दै लेखेको छ "एउटा सपना हासिल गर्नका लागि मनको साझेदारी जरूरी हुन्छ। पेश गर्दछौँ मिस्टर एंड मिसेज माही, जितको लयका लागि बनेको जोडी। ७ अक्टुबर २०२२मा तपाईको नजिकैको सिनेमाघरमा आउँदैछ।" चलचित्रमा राजकुमार राव र जान्हवी कपूरलाई देखिनेछ। चलचित्र शरण शर्माले निर्देशन गर्नेछन्।
