साम्राज्ञी र पुष्प स्टारर फिल्म ‘तिम्रो मेरो साथ’को टिजर सार्वजनिक

काठमाडौँ - साम्राज्ञी शाह र पुष्प खड्का स्टारर फिल्म ‘तिम्रो मेरो साथ’को टिजर सार्वजनिक भएको छ।

रमेश एमके पौडेलको निर्माण तथा निर्देशन रहेको फिल्मले प्रेम र बदलाको कथा भन्छ। साम्राज्ञीको पात्रले प्रेमी पुष्पको पात्रलाई लिन चाहेको धोकाको बदलाको कथावस्तुमा फिल्म घुमेको छ।

‘मारुनी’पछि साम्राज्ञी र पुष्पको यो दोस्रो सहकार्य हो। निर्देशक पौडेलले यही फिल्ममार्फत निर्देशनमा डेब्यु गरेका छन्।

फिल्ममा सरोज खनाल, सन्दीप क्षेत्री, एमिली लामा, दीपिशा केसी र खड्गबहादुर पुनको पनि अभिनय रहेको छ। फिल्मको पटकथा सविर श्रेष्ठले लेखेका हुन्। फिल्म पासाङ लामा, आर्यन पौडेल र अर्नव पौडेलले निर्माण गरेका हुन्। यो फिल्म पुस २९ गते देशब्यापी प्रदर्शन हुनेछ।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×