मनीषा कोइराला र सञ्जय सहकार्य गर्दै

भारत। बलिउड निर्देशक सञ्जय लीला भन्सालीले चलचित्र ‘खामोसीः द म्यूजिकल’मा अभिनेत्री मनीषा कोइरालासँग काम गरेका थिए। अब करिब २५ वर्षपछि फेरी मनीषा र सञ्जयसँगै काम गर्ने तयारीमा रहेका छन्। ओटीटी प्लेटर्फम नेटफ्लिक्सबाट प्रदर्शनमा आउने चलचित्र ‘हिरामण्डी’का लागि जोडीको सहकार्य हुन लागेको हो। यौन व्यवसायमा संलग्न महिलाहरुको कथा बोकेको उक्त चलचित्रमा हुमा कुरेसी र सोनाक्षी सिन्हा अनुबन्धित भइसकेका छन्।


चलचित्रको पहिलो सिजन ७ भागको हुनेछ। जसको समयावधि एक घण्टा हुनेछ। त्यसैगरि सन् २०२२ मै दोस्रो सिजन पनि थालिनेछ। चलचित्रको तीन भाग भन्सालीले र बाँकी उनका सहायक विभु पुरीले निर्देशन गर्नेछन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×