हास्यव्यंग्य कार्यक्रम 'गोलमाल' अब प्रसारण नहुने

काठमाडौँ l  हिमालयन् टेलिभिजन र भाईब्स क्रियसन युट्युब च्यानलबाट प्रसारण हुँदै आएको लोकप्रिय हास्यव्यंग्य टेलिभिजन कार्यक्रम 'गोलमाल' अब प्रसारण नहुने भएको छ l गोलमालका निर्माता पर्शुराम रिजालले आफ्नो सामाजिक सञ्जालमार्फत यो कुराको जानकारी दिएका हुन् l सञ्जालमा उनी लेख्छन् "हिमालय टेलिभिजन र भाईब्स क्रियसन युट्युब च्यानलबाट लगातार प्रशारण हुँदै आएको हाँस्य कमेडी सिरियल (गोलमाल सिजन २) केहि प्राबिधिक समस्याको कारण आजबाट लागु हुनेगरी बन्द गरिएको जानकारी गराउदछौं।  यसबाट हाम्रा दर्शकहरुप्रति पर्न गएको असुबिधाप्रति हामी क्षमाप्रार्थी छौं। चाँडै नै हाम्रो उत्पादन कम्पनी भाईब्स क्रियसन बाट केहि नयाँ र उत्कृष्ट कमेडी सिरियलहरु लिएर पुनः यहाँहरु समक्ष आउने समेत जानकारी गराउदछौं। भाईब्स क्रियसन परिवार।" कार्यक्रममा अंशु थापा (हात्ती), बिनोद राइ (घ्याम्पे सुब्बा), नविना सिलवाल (खुइली),  नेत्र राउत (तिखे), नमस्ते दिवाकर घिमिरे (दले) केदार पराजुली,  नवराज थापा, दुर्गा बन्जाडे आदि कलाकारहरुको अभिनय रहेको छ l
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×