‘चिसो एस्ट्रे’को टिजर सार्वजनिक

काठमाडौँ। नेपाली चलचित्र ‘चिसो एस्ट्रे’को टिजर सार्वजनिक गरिएको छ। दिनेश पाल्पालीको निर्देशन रहेको चलचित्रमा गाउँबाट सहर आएको एउटा युवाको कथा समावेश छ। दिनेशले यसअघि निर्देशन गरेको चलचित्र ‘बालकृष्ण सम : अनटोल्ड स्टोरी’ले बिभिन्न रास्ट्रिय तथा अन्तरास्ट्रिय अवार्ड समेत जितेको थियो। 

कंगारु क्रिएसन र लोकल सिनेमाको संयुक्त ब्यानरमा निर्मित चलचित्रमा दिव्य देव, निकुन श्रेष्ठ, नवीन लम्साल, सुशील राज पाण्डे, रबिन तामाङ, सृष्टि श्रेष्ठ आदि कलाकारहरुको अभिनय रहेको छ। महेशबाबु तिमल्सिनाले प्रस्तुत गरेको चलचित्रमा उज्वल बस्ताकोटीको छायाङ्कन र उज्ज्वल ढकालको सम्पादन रहेको छ। मार्च १८ (चैत्र ४) गते प्रदर्शनमा आउने चलचित्रको टिजर  म्युजिक नेपालको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।  

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×