काठमाडौँ - नेपाल एथलेटिक्स संघको आयोजनामा ४४औं राष्ट्रिय एथलेटिक्स प्रतियोगिता शुक्रबारदेखि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने भएको छ।
प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोली (आर्मी, प्रहरी र सशस्त्र) गरी १० टिमबाट २ सय ४० खेलाडीको सहभागिता रहने आयोजकले जनाएका छन्। तीनदिने प्रतियोगितामा महिलातर्फ १५ र पुरुषतर्फ १६ स्पर्धा गरी कुल ३१ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ।
प्रतियोगितामा १ सय मिटर, २ सय मिटर, ४ सय मिटर, ८ सय मिटर, १५ सय मिटर, ३ हजार मिटर, हाइजप, लङ जम्प, त्रिपल जम्प, ज्यााभलिन, सटपुट, डिसकस, ४ वाई १ सय मिटर रिले, ४ वाई ४ सय मिटर रिले र ११० हडल्स महिला र पुरुष दुवैमा प्रतिस्पर्धा हुनेछ। ४ मिटर हडल्समा पुरुषमा मात्रै प्रतिस्पर्धा हुनेछ।