दक्षिण अफ्रिकाले जित्यो आयरल्याण्डविरुद्धको टी-२० सिरिज

काठमाडौँ - घरेलु टोली आयरल्याण्ड विरुद्धको टी-२० सिरिज अन्तर्गत दोस्रो तथा अन्तिम खेलमा दक्षिण अफ्रिका विजयी भएको छ। उ गए रातिकाे खेलमा ४४ रनले विजयी भएको हो।

यो जितसँगै दक्षिण अफ्रिकाले २ खेलका सिरिज २-० ले आफ्नो पक्षमा पारेकाे छ। उ पहिलो खेलमा २१ रनले विजयी भएको थियो। १८३ रनकाे लक्ष्य पछ्याएको आयरल्याण्डले १८.५ ओभरमा सबै विकेट गुमाउँदै १३८ रन मात्र बनाएको थियो।

घरेलु टाेलीका लागि ह्यारी टेक्टरले ३४, ब्यारी म्याकर्थीले ३२, पउल स्टर्लिङले २८ र कर्टिस क्याम्फरले १९ रनकाे याेगदा दिएका थिए। दक्षिण अफ्रिकाका लागि वायन पार्नेलले ५, ड्वेन प्रिटोरियस ३ तथा ताबरेज शाम्सी र लुङ्गी एनगिडीले १/१ विकेट लिएका थिए।

यसअघि ब्रिस्ताेलस्थित काउन्टी म‌ैदानमा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८२ रन बनाएकाे थियो।

उसका लागि रीजा हेन्ड्रिक्सले ४२, हेनरिक क्लासेनले ३९, कप्तान डेविड मिलरले अविजित ३२, एडेन मार्करमले २७ र ड्वेन प्रिटाेरियसले १७ रन बनाएका थिए। आयरल्याण्डका लागि गारेथ डेलानीले २ तथा एन्डी म्याकब्राइन, जाेस लिटल मार्क आदिर र ब्यारी म्याकर्थीले १/१ विकेट लिएका थिए। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×