मुख्यमन्त्री राउतद्वारा क्रिसमस डेको शुभकामना

जनकपुर। प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले क्रिसमस डेले सबैमा भाइचारा एवम् सौहार्दताको सन्देश दिएका छन्।

इसाई धर्मका संस्थापक येसु खिष्टको जन्मोत्सव अर्थात् क्रिसमस डेको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले क्रिसमस डेले सर्वसाधारणलाई अन्याय, अत्याचार र विभेदबाट मुक्ति दिलाउने शुभकामना दिएका छन । येसु खिष्टले दिनुभएको योगदानले समाजमा व्याप्त अन्याय, अत्याचार र विभेदविरुद्ध लड्ने प्रेरणा समस्त देशवासीले ग्रहण गरुन भन्ने अपेक्षा लिएको मुख्यमन्त्रीको शुभकामना सन्देशमा उल्लेख छ। 

कोरोना महामारीको जोखिम अझै कायमै रहेको हुँदा स्वास्थ्य सतर्कता अपनाएर मात्र क्रिसमस डे मनाउन पनि मुख्यमन्त्री राउतले सबैसँग आग्रह गरेका छन्। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×