लिड्सलाई ४-२ गोल अन्तरले पराजित गर्दै म्यानचेस्टर युनाइटेडले निकाल्यो रोमाञ्चक जित

काठमाडौँ - लिड्स युनाइटेडलाई ४-२ गोल अन्तरले पराजित गर्दै इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले रोमाञ्चक जित निकालेको छ। लिड्सको मैदानमा युनाइटेडलाई जिताउन ह्यारी मग्वाएर, ब्रुनो फर्नान्डेज, फ्रेड र एन्थोनी इलान्गाले गोल गरे ।

यस्तै लिड्सका लागि रोड्रिगो मोरेनो र राफिन्फाले एक-एक गोल गरे। जितसँगै युनाइटेड २६ खेलमा ४६ अंक जोड्दै चौथो स्थानमा छ। लिड्स २४ अंक जोडेर १५औं स्थानमा छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×