काठमाडौँ । स्वतन्त्र राष्ट्रिय कानुन व्यवसायीहरुले न्यायालयको स्वतन्त्रथा अखण्डता सिध्याउने खेलमा भुमिका निर्वाहगरेको नेपाल बार एशोसिएसनका विभिन्न पदाधिकारीहरुको राजीनामा माग गरेको छ । स्वतन्त्र राष्ट्रिय कानुन व्यवसायीहरुले आज वृहत पत्रकार सम्मेलनको आयोजना गर्दै नेपाल बारका अध्यक्ष, उपाध्यक्ष, महासचिव लगाएत अन्य पदाधिकारीको राजीनामा माग गरेको हो ।
पत्रकार सम्मेलनमा उनीहरुले एक साताभित्र बारका पदाधिकारीहरुले राजीनामा नदिए देशभरी आन्दोलन गर्ने बताएका छन् । पत्रकार सम्मेलनमा स्वतन्त्र कानुन व्यवसायीहरुलका तर्फबाट अधिवक्ता ध्रुर्व श्रेष्ठ, स्वागत नेपाल, त्रिलोक बहादुर चन्द, भुमिनन्द चुँडाल लगायत ठूलो संख्यामा युवा कानुन व्यवसायीहरुको सहभागिता रहेको थियो । पत्रकार सम्मेलनमा अधिवक्ता ध्रुर्व श्रेष्ठले कुने तुक बिनाको आन्दोलन गरि नेपाल बारले न्यायालयलाई सडकमा पुर्याउने कार्य गरेको टिप्पणी गरे । उनले न्यायायपालिकको गरिमामा आँच आउने खालेको आन्दोलन गर्नुनै बारको अध्यक्ष लगाएत पदाधिकारीहरुको ऐतिहासिक कमजोरी भएको जानकारी दिए । अधिवक्ता श्रेष्ठले इजलासमै पुगेर न्यायाधीशहरुलाई इजलास बस्न मिल्दैन भन्दै धम्क्याउने कार्य असभ्यताको पराकाष्ठा भएको बताए ।
दिनभर घाम तापेर मुद्दा हेर्न नभ्याएको भनेर हाजिर गर्दै तलब पकाएर घर फर्कने न्यायाधीसहरुले काम नगरेको दिनको तलब फिर्ता गर्नु पर्छ कि पर्दैन भन्दै अधिवक्ता स्वागत नेपालले बारमाथि प्रश्न गरेका छन् । उनले इजलास बहिष्कार गर्दा जुन क्षति आम सर्वसाधारण, पीडित जनता एवं उनीहरुका भावि सन्ततिलाई समेत पर्ने प्रभाव र अपूरणीय क्षतिको क्षतिपूर्ति बारका वकिलहरुले व्यहोर्नु पर्छ कि पर्दैन भन्दै अर्को प्रश्न समेत अघि बढाएका छन् । उनले यीनै प्रश्नको जवाफ माग्न यस पत्रकार सम्मेलन गरेको अधिवक्ता नेपालले जानकारी गराए । उनले जनताको करबाट तलब भत्ता लिएर मुद्दा नहेर्ने न्यायाधीशलाई जनताले थुतेर बाहिर ल्याउन सक्ने,जनताका मुद्दा हेर्न रोक्ने जनविरोधी वकिल र जनपक्षीय वकिलवीच भिडन्त हुन सक्ने सम्भावनालाई पनि अघि बढाएका छन् ।
प्रेश विज्ञप्ति

