काठमाडौँ । पहिराका कारण अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडकखण्ड अहिले बिहान ११ बजेदेखि पुनः सञ्चालनमा आएको छ।
नारायणगढ – मुग्लिनसडक आयोजनाका इन्जिनियर कृष्ण आचार्यका अनुसार राति देखिनै पहिरो पन्छाउने काम थालिएको थियो। तीनवटा एक्साभेटर र एउटा लोडर पहिरो पन्छाउन प्रयोग गरिएको थियो। सडकको ३० मिटर भाग पहिराले ढाकेको उनले जानकारी दिए। झण्डै, ३० मिटर सडक माथिबाट पहिरो खसेको उनले बताएका छन्।
इच्छाकामना गाउँपालिका–६ कालीखोलामा आज बिहान २ः३० बजे सुक्खा पहिरो खसेर सडक अवरुद्ध भएको थियो। सडकको पहिरो पन्छाएसँगै यातायात सञ्चालनमा आएको छ।