काठमाडौँ - गायक एवं सर्जक प्रशान्त पौडेलले नयाँ गीत सार्वजनिक गरेका छन्। प्रशान्तले आफ्नै शब्द, संगीत, संगीत संयोजन र स्वरमा ‘चिसो पानी सोल्टीनी’ बोलको गीत ल्याएका हुन्।
यो ‘लोक फ्युुजन’ गीत हो। शुक्रवार बिहान युट्युबमा सार्वजनिक भएको गीतमा पौडेललाई सविन सुवेदीले स्वरमा साथ दिएका छन्।
यो प्रशान्तको ‘सान्नानी जाम पोखरा’पछिको अफिसियल गीत हो। स्टुडियोभित्र खिचिएको ‘लिप्सिङ’को सामान्य भिडियोसहित सार्वजनिक ‘सान्नानी जाम पोखरा’लाई स्रोता, दर्शकले निकै रुचाएका थिए।
टिकटकमा गीत निकै हिट भएको भिडियोले अहिले ५७ लाख बढी भ्युज पाइसकेको छ। श्रोता-दर्शकले रुचाएसँगै उक्त गीतको पछि भिडियोसहित ‘दोहोरी भर्सन’समेत सार्वजनिक भएको थियो।
उक्त गीत सार्वजनिक भएको २ महिनापछि प्रशान्तले ‘चिसो पानी सोल्टीनी’ सार्वजनिक गरेका हुन्। यो गीतको भिडियोमा प्रशान्त स्वयंका साथमा सविन सुवेदी प्रस्तुत छन्।