मुम्बईबाट नेपाल फर्कियो ‘प्रेम गीत ३’ टिम

काठमाडौँ - चलचित्र प्रिमियरका लागि मुम्बई पुगेको ‘प्रेम गीत ३’ टिम नेपाल फर्किएको छ।

शुकवारदेखि ‘वर्ल्डवाइड’ प्रदर्शनमा आएको चलचित्रको प्रिमियरका लागि अभिनेता प्रदीप खड्का, अभिनेत्री क्रिष्टिना गुरुङ, निर्माता एवं निर्देशक सन्तोष सेन लगायतको टिम गतसाता मुम्बई पुगेको थियो।

निर्माण टिमले शनिवार मुम्बईबाट नेपालगञ्ज पुगेर दर्शकको प्रतिक्रिया लिएको छ। नेपालगञ्जमा दर्शकको प्रतिक्रिया लिएपश्चात निर्माण टिम शनिवार राति नै काठमाडौं फर्किएको हो।

अब, निर्माण टिम नेपालका हलहरूमा पुगेर दर्शक प्रतिक्रिया लिनेछ। चलचित्र हेर्न हलमा दर्शकहरूको उत्साहजनक उपस्थिति देखिएको छ। शुक्रवार र शनिवार चलचित्रले नेपालमा देशभरका अधिकांश हलमा हाउसफुल दर्शकहरूको साथमा प्रदर्शन भएको वितरकहरूले बताएका छन्।

छेतेन गुरुङ र सन्तोष सेनको संयुक्त निर्देशन रहेको चलचित्रमा प्रदीप खड्का, क्रिष्टिना गुरुङ, शिव श्रेष्ठ, सुनिल थापा, अनुभव रेग्मी, मनिष राउत लगायतका कलाकारहरूको अभिनय रहेको छ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×