पर्यटक आकर्षण गर्न प्यारातालमा डुङ्गा सञ्चालन

काठमाडौँ - कञ्चनपुरको पुनर्वास नगरपालिकास्थित प्यारातालमा नेपाली झण्डासहितको डुङ्गा सञ्चालनमा आएको छ। 

झण्डै दुई दशकदेखि नै भारतले कब्जा गर्न खोजेको प्यारातालमा नेपाली युवाले डुङ्गा सञ्चालन गरेका हुन्। तालमा आफ्नै लगानीमा काठको डुङ्गा निर्माण गरी नेपालको झण्डा फहराउँदै युवाले सञ्चालनमा ल्याएका हुन्। पुनर्वास नगरपालिका–५ का राम रोकाया, पुनर्वास–८ का ज्ञानसिंह हमाल, लक्ष्मण भुसाल र पुनर्वास–९ का बब्लु बस्नेतले सो डुङ्गा सञ्चालनमा ल्याएका छन्।

पर्यटन क्षेत्रको विकास र प्रवर्द्धन गरी आन्तरिक तथा बाह्य पर्यटकलाई प्यारातालमा अवलोकनका लागि आकर्षण गर्न डुङ्गा सञ्चालन गरेको युवाको भनाइ रहेको छ। पर्यटकलाई हाल डुङ्गा चढ्न निःशुल्क गरिएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×