ध्रुवचन्द्रको २८ औं उपन्यास ‘सातो’ सार्वजनिक

काठमाडौँ - उपन्यासकार ध्रुवचन्द्र गौतमको नयाँ उपन्यास ‘सातो’ प्रकाशनमा भएको छ। शुक्रबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित समारोहमा उपकुलपति जगमान गुरुङले ‘सातो’ विमोचन गरेका थिए।

लेखनमा ‘आविष्कारी’ शैली मानिने प्रयोगलाई आफूले ‘सातो’ मा समेटेको उपन्यासकार गौतमले बताएका छन्। ‘यसमा स्वैरकल्पना र श्याम-व्यंग्यको प्रयोग गरेको छु, एउटा शिशु जन्मँदैमा १६ वर्षे उमेर र संवेदना लिएर यो धर्तीमा आएपछिको दलाई लेखनमा उतारेको छु,’ गौतमले भने। गौतमको २०२४ सालमा पहिलो उपन्यास ‘अन्त्यपछि’ प्रकाशनमा आएको थियो। ‘सातो’ रत्न पुस्तक भण्डारबाट प्रकाशनमा आएको हो। गौतमको ‘अलिखित’ उपन्यासले २०४० सालमा मदन पुरस्कार र ‘तथाकथित’ उपन्यासले २०५९ सालमा साझा पुरस्कार पाएको थियो।

प्रज्ञा प्रतिष्ठानमा आयोजित समारोहमा समालोचक डा. लक्ष्मणप्रसाद गौतमले लेखक ध्रुवचन्द्रले छान्ने विषय तथा शैलीलाई ‘विशिष्ट’ भन्दै उनलाई नेपाली साहित्यमा श्याम-व्यंग्य, सूत्र उपन्यास, अनुभवन्यास, अस्तित्ववाद र विसंगतवादको सफल प्रयोक्ताका रुपमा चिनाएका थिए।

अर्का समीक्षक कृष्णहरि बरालले कथाशिल्पमा नवीनता भित्र्याउने ध्रुवचन्द्रले कथा लेखनमा उत्तिकै यथार्थवाद र विसंगतवादलाई प्रश्रय दिएको बताए। 

एउटै समारोहमा लेखक गौतमको व्यक्ति-कृति, विचार, चिन्तन, काव्यिक चेतना र साथीभाइबारेको स्मरण जोडिएको बृहत् ग्रन्थ ‘लेखन यात्राको आठौं दशकको पूर्वसन्ध्या’ समेतको उपकुलपति गुरुङले विमोचन गरेका थिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×