मण्डलामा ‘तीन ट्रान्जिट’

काठमाडौं - थापा गाउँस्थित मण्डला नाटकघरमा शुक्रबारदेखि नाटक ‘तीन ट्रान्जिट’ मञ्चन हुने भएको छ। सोमनाथ खनालको निर्देशन रहेको यस नाटक वर्तमान राजनीतिक परिवेश र आयाममा आधारित रहेको छ।

यस नाटकमा बुद्धि तामाङ र विजय बरालको मूख्य भूमिका रहेको छ। बुद्धि र विजयसँगै यस नाटकमा मोहन चाम्लिङ राई, क्रिस्टिना बस्नेत, विपिन जयसवाल, प्रशंसा सिवाकोटी, प्रवीण पुरी, रविन्द्र खत्री, भुवन लोहार, न्याथन रायन, दिग्गज खत्री, स्मृति श्रेष्ठ, रेखा लिम्बू, युगल लिम्बू, रेश्मा लिम्बू, कृशल श्रेष्ठ, मिलन खड्का, राजीव चौधरीलगायतका कलाकारहरुको अभिनय रहेको छ। 

नाटक आउँदो बैशाख ४ गतेसम्म चल्ने बताइएको छ। काठमाडौं, दुबई र अमेरिकाका तीन ट्रान्जिटमा भेटिएका एकापसमा अपरिचित नेपालीले नेपालको राजनीतिलाई कसरी बुझेका छन् भन्ने कथालाई यस नाटकले समेट्ने जानकारी नर्देशकले दिएका थिए।

सोमबारबाहेक प्रत्येक दिन बेलुका ५ बजे र शनिबार दिउँसो १ बजे नाटक मञ्चन हुने मण्डला थिएटरले जनाएको छ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×