टेनिसको सेमिफाइनलमा घाइते भएका जेरेभको कुर्कुच्चामा शल्यक्रिया गर्नुपर्ने

काठमाडौँ - फ्रेन्च ओपन टेनिसको सेमिफाइनलमा घाइते भएका एलेक्जेन्डर जेरेभको कुर्कुच्चामा शल्यक्रिया गर्नुपर्ने भएको छ।

तेस्रो वरीयताका जेरेभको कुर्कुच्चामा चोट लागेपछि फ्रेन्च ओपनको बीचमै खेल छाडेका थिए। जेरेभ रिटायर्ड हर्ट भएपछि फाइनलमा स्थान बनाएका राफेल नाडालले फ्रेन्च ओपनको उपाधि जितेका थिए।

'मेरो खुट्टाको सबै लिगामेन्टहरु पूर्ण रूपमा ठिक भएर जति सक्दो चाँडो प्रतिस्पर्धामा फर्किनका लागि शल्यक्रिया सबैभन्दा राम्रो विकल्प देखियो,' जेरेभले सामाजिक सञ्जाल इन्टाग्राममा पोस्ट गरेका छन्।

गएको शुक्रबार फ्रेन्च ओपनको सेमिफाइनलमा दोस्रो सेट ६-६ को स्थितिमा चलिरहँदा जेरेभको दायाँ कुुर्कुच्चामा चोट लागेको थियो। पहिलो सेटमा जेरेभ ७-६ को स्कोरमा पराजित भएका थिए।

जर्मनीका २५ वर्षीय जेरेभ कहिले कोर्टमा फर्किन सक्छन् भन्ने यकिन छैन। 'आजैबाट मेरो रिह्याब सुरु भएको छ। विगतमा भन्दा अझ बलियो भएर फर्किन मेरो तर्फबाट सबै प्रयास गर्नेछु,' जेरेभले भने।

जेरेभले गएको वर्ष टोकियोमा सम्पन्न ओलम्पिकमा पुरुष एकल स्पर्धामा स्वर्णपदक जितेका थिए। त्यस्तै, सन् २०२० को यूएस ओपनमा जेरेभ उपविजेता बनेका थिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×