भारतमा कोरोनाको तेस्रो लहर आउने संकेत, प्रधानमन्त्री मोदीले बोलाए आपतकालीन बैठक

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आपतकालीन बैठक बोलाएका छन् ।

प्रधानमन्त्री मोदीले आज अपरान्ह साढे ४ बजे बोलाएको बैठकमा उच्च निकायका कर्मचारी सहभागी हुने भारतीय सञ्चार माध्यमले जनाएका छन् । भारतमा कोरोनाको तेस्रो लहर आउने संकेत देखिएपछि प्रधानमन्त्री मोदीले बैठक बोलाएका हुन् । बैठकले कोरोना महामारीको विषयमा छलफल गर्नेछ । तेस्रो लहर आउनुअघि रोकथाम र समाधानका उपायहरुका विषयमा छलफल हुने बताइएको छ । संक्रमणदर उच्च अवस्थामा रहेकाले संक्रमण रोक्न भारतमा लकडाउन हुन सक्ने बताइएको छ ।

यसअघि पनि प्रधानमन्त्री मोदीले डिसेम्बर २२ र २६ नोभेम्बरमा कोरोनाको विषयमा समीक्षा गरेका थिए । दुवै बैठकमा मोदीले परीक्षण, ट्रयाकिङ र उपचारमा जोड दिएका थिए । उनले औषधि, अक्सिजनको अवस्थाबारे पनि जानकारी लिएका थिए ।

यस्तै भारतको नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दिल्लीमा कोरोना जति बढे पनि लकडाउन नगर्ने बताएका छन् । उनले आज सके सम्म कम प्रतिबन्धहरु लगाएर अघि बढ्ने बताएका हुन् । साथै उनले आफुलाई कोरोना ठिक भएको बताएका छन् । एक साताको होम आइसोलेसन पश्चात आफू ठिक भएको र जनताको सेवामा उपस्थित भएको उनको भनाई छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×