सिरी ‘ए’ मा रोमाको संघर्षपूर्ण जित

काठमाडौँ - इटालियन सिरी ‘ए’ फुटबलमा रोमाले ‘सेलेर्निटानालाई १-० ले पराजित गरेको छ। आइतबार राति भएको खेलमा रोमालाई जित दिलाउन बिर्यान कृस्टानले ३३ औं मिनेटमा निर्णायक गोल गरेका थिए।

बाँकी समय दुवै टोलीले गोलका अवसर सृजना गरे पनि सदुपयोग गर्न सकेनन्। खेलमा यसै सिजन युभेन्टसबाट रोमा अनुबन्ध भएका पाउलो डिब्लाले डेब्यु गरे पनि गोलविहीन रहे।

जितसँगै रोमाले पहिलो खेलबाट महत्वपूर्ण तीन अंक जोडेको छ। यस्तै, अन्य खेलमा स्पेजियाले इम्पोलीलाई १-० अन्तरले पराजित गरेको छ।

यता, लाजियोले बोलोग्नालाई २-१ र फिओरेन्टिनाले क्रेमोनेसलाई ३-२ अन्तरले हराएको हो। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×