एसीसी प्रिमियर कपः कुवेतलाई ८ विकेटले पराजित गर्दै नेपाल सेमिफाइनलमा

काठमाडाैँ – नेपालले एसीसी प्रिमियरकप क्रिकेटको सेमिफाइनलमा स्थान बनाएको छ। बुधबार भएको क्वाटरफाइनल खेलमा कुवेतलाई ८ विकेटले हराउँदै नेपालले सेमिफाइनलमा स्थान बनाएको हो।

टस हारेर पहिले ब्याटिङ गरेको कुवेतले दिएको ७४ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले ६.५ ओभरमा २ विकेट गुमाएर ५० रन बनाउँदा वर्षाले खेल प्रभावित भएपछि नेपालले डर्कवर्थ लुइस नियमका आधारमा ८ विकेटको जित निकालेको हो।

नेपालका लागि कप्तान इन्दु वर्मा २२ रनमा अविजित रहँदा सिता रानामगरले १७ रन बनाइन। त्यस्तै कविता जोशी ४ रनमा अविजित रहँदा खेल वर्षाले प्रभावित भएको थियो। जसअनुसार १२ ओभरमा ५० रनको लक्ष्य निर्धारित रहेको थियो। तर नेपालले ६.५ ओभरमै ५० रन पुरा गरेको थियो।

त्यसअघि नेपालले सिता राना मगरले ह्याट्रिकमा कुवेतलाई ७३ रनमै समेटेको थियो। टस जितेर पहिले ब्याटिङ गरेको कुवेतले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ७३ रन बनाएको थियो। कुवेतलाई मध्यम योगफलमा रोक्न नेपालका लागि सिता राना मगरले ४ ओभरमा ११ रन खर्चिएर ह्याट्रिक लिएकी थिइन्।

सिताले १३औं ओभरमा ह्याट्रिक लिएकी थिइन्। उनले १३औं ओभरको दोस्रो बलमा ओपनर प्रियादा मुरलीलाई ३३ बलमा २९ रन बनाएको अवस्थामा आउट गर्दा तेस्रो बलमा मर्यम ओमारलाई काजल श्रेष्ठद्वारा स्टम्प आउट गराइन। त्यस्तै चौथो बलमा कुवेतकी कप्तान अम्ना शरिफलाई पनि आउट गर्दै ह्याट्रिक पुरा गरिन्।

त्यस्तै रुबिना क्षेत्रीले ४ ओभरमा १० रन दिँदै २ विकेट लिँदा कबिता कुँवरले ४ ओभरमा ९ रन दिएर २ विकेट नै लिईन्। कुवेतका लागि प्रियादाले २९ रन बनाउनु सर्वाधिक रहँदा शान्थी बलासुब्रमनियन र खादिजा खलिलले समान १३–१३ रन बनाए।

नेपालले समूह चरणमा हङकङ, भुटान र माल्दिभ्समाथि जित निकाल्दै समूहको विजेता बन्दै क्वाटरफाइनलमा प्रवेश गरेको थियो। नेपालले अब फाइनल प्रवेशका लागि मलेसियासँग प्रतिस्पर्धा गर्ने छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×