स्किपले यो सिजन गुमाउने

काठमाडौं- इंग्लिस क्लब टोटनहमका मिडफिल्डर ओलिवर स्किपले यो सिजन गुमाउने भएका छन्। चोटका कारण उनी टोलीबाट बाहिरिएका हुन्।

यस सिजन प्रिमियर लिगमा शीर्ष चारको लागि संघर्षरत टोटनहमले बुधबार एक विज्ञप्ति जारी गर्दै चोटका शल्यक्रिया गरिएसँगै स्किप सिजनभरका लागि मैदानबाट बाहिरिने जानकारी दिएको हो।

टोटनहमले गतहप्ता मात्रै स्किपसँग सन् २०२७ सम्मको नयाँ सम्झौता गरेको थियो। उनी सिजनको सुरुआतदेखि नै टोटनहमको पहिलो रोजाइमा पर्दै आएका थिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×