सहिद स्मारक 'ए' डिभिजन लिग : आज दुई खेलहरु हुँदै

काठमाडौँ-  सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा आज (आइतबार) दुई खेलहरु हुँदैछन्। दुबै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ। दिउँसो एक बजे हुने पहिलो खेलमा जावलाखेल युथ क्लब र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुनेछ। दुबै टोलीको लक्ष्य शीर्ष छ मा टुंग्याउने हुनेछ र दुबैको योजना जित रहेको छ। 

जावलाखेल ११ खेलमा ११ अंक जोडेर दशौँ स्थानमा छ। हिमालयन ११ खेलमा १३ अंक जोडेर नवौं स्थानमा छ। साँझ पौने ५ बजे सुरु हुने दोस्रो खेलमा दोस्रो स्थानको मनाङ मर्स्याङ्दी क्लब र न्युरोड टिम एनआरटी आमने सामने हुनेछन्। लिग मछिन्द्र फुटबल क्लबले जितिसकेको कारण मनाङको लक्ष्य शीर्ष दुईमा रहने हुनेछ। एनआरटी तालिका सुधार गर्न चाहन्छ। मनाङ ११ खेलमा २० अंक जोडेर दोस्रो स्थानमा छ। एनआरटी ११ खेलमा १७ अंक जोडेर पाँचौं स्थानमा छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×