पाकिस्तानलाई हराउँदै सिरिजमा फर्कियो इंग्ल्यान्ड

काठमाडौँ - पाकिस्तान र इंग्ल्यान्डबिच जारी ७ खेलको टी-२० सिरिजको छैटौ खेलमा इंग्ल्यान्डले ८ विकेटको जित निकाल्दै सिरिजलाई ३-३ को अवस्थामा ल्याएको छ।

लाहोरमा शुक्रबार भएको खेलमा पाकिस्तानले पहिलो ब्याटिङ गर्दे ६ विकेट गुमाएर १ सय ६९ रन बनाएको थियो। जवाफमा इंगल्यान्डले उक्त लक्ष्य ३३ बल बाँकी हुँदा २ विकेट गुमाएर पुरा गर्यो।

इंग्ल्यान्डको सहज जितमा फिल साल्टले ४१ बलमा ८८ रनको अविजित इनिङ खेल्दा एलेक्स हेल्सले २७ तथा डेभिड मलानले २६ रन बनाएका थिए। त्यस्तै बेन डुकेटले २६ रनको अविजित इनिङ खेलेका थिए। पाकिस्तानका लागि सादव खानले २ विकेट लिएका थिए।

त्यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको पाकिस्तानका लागि कप्तान बाबर अजाले ५९ बलमा ८७ रनको स्कोर तयार गरेका थिए। त्यस्तै इफ्तिखर अह्मेदले ३१ रन बनाउँदा हैदर अलीले १८ रन जोडेका थिए।

त्यस्तै, मोहम्मद नवाजले १२ रन बनाउनु बाहेक अन्या खेलाडीले भने गतिलो प्रदर्शन गर्न सकेनन्। इंग्ल्यान्डका लागि साम कुरान र डेभिड वलीले समान २-२ विकेट लिएका थिए।

यी दुईबिचको अन्तिम तथा निर्णायक टी-२० आइतबार लाहोरमा हुनेछ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×