मेस्सी बने विश्वकपमा सबैभन्दा धेरै पेनाल्टी मिस गर्ने खेलाडी

काठमाडौँ - अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सी फिफा विश्ववकपमा सबैभन्दा धेरै पेनाल्टी मिस गर्ने खेलाडी बनेका छन्।

गत राति पोल्यान्ड विरुद्धको खेलमा पाएको पेनाल्टीमा गोल गर्न चुकेपछि विश्ववकपमा सबैभन्दा धेरै पेनाल्टी मिस गर्ने खेलाडी बनेका हुन्।

उनले सन् २०१८ को विश्वकपमा पनि आइसल्यान्ड विरुद्ध पेनाल्टी मिस गरेका थिए। उनले विश्वकपमा ३ पेनाल्टी प्रहार गर्दा १ पेनाल्टीमा मात्रै गोल गरेका छन्।

१६८ अन्तराष्ट्रिय खेल खेलेका मेस्सीले अर्जेन्टिनाका लागी ९३ गोल गरेका छन्। र उनी अर्जेन्टिनाका अलटाइम टप स्कोरर हुन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×