काठमाडौँ - चौथों संस्करणको एसियन पारा गेम्स चीनको हानझोउमा सन् २०२३ को अक्टोबर महिनामा हुने भएको छ।
एसियन पाराल्मपिक कमिटि तथा हानझोउ एसियन पारा गेम्स अर्गनाइजिङ कमिटिले एसियन पारा गेम्स अक्टुबर २२ देखि २८ सम्म आयोजना गरिने जानकारि दिएको हो।
यसअघि एसियन पारा गेम्स यसै वर्षको अक्टोबरमा आयोजना हुने तालिका रहेपनि कोभिड-१९ का कारण स्थगित गरिएको थियो
गत महिना नै ओलम्पिक काउन्सिल अफ एसियाले १९ औँ एसियन गेम्स चीनको हानझोउमा सन् २०२३ को सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म आयोजना हुने जनाएको थियो।