आइपिएलको अक्सनमा नेपालबाट सन्दीप लामिछाने मात्र

काठमाडौँ। नेपालका कप्तान सन्दीप लामिछानेमात्र इन्डियन प्रिमियर लिग (आइपिएल) को सन् २०२२ को अक्सनका लागि समावेश भएका छन्। मंगलबार सार्वजनिक अन्तिम सूचीमा नेपालबाट लामिछानेको मात्र नाम छ। 

सन्दीपको मूल्य ४० लाख भारतीय रुपैयाँ राखिएको छ। उनले यसअघि पनि दुई सिजन दिल्ली क्यापिटल्सबाट खेलिसकेका छन्। सन् २०२१ मा भने सन्दीप ‘अनसोल्ड’ थिए। 

अक्सनमा नेपाली १५ खेलाडीले नाम दर्ता गरेको भएपनि अन्य १४ जना सूचीमा परेनन्। कूल ५९० खेलाडी अक्सनका लागि छनोटमा परेका छन्।  अक्सनमा विदेशी खेलाडीमा सबैभन्दा बढी अष्ट्रेलियाका ४७ जना छन्। दोस्रोमा वेस्ट इन्डिजका ३४ जना छन्।

आइपिएलमा यसपटक दश टोली सहभागी हुँदैछन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×