रियाल म्याड्रिडको लगातार दोस्रो जीत

काठमाडौँ - स्पेनिस क्लब तथा साविक विजेता रियाल म्याड्रिडले युईएफए च्याम्पियन्स लिगमा लगातार दोस्रो जीत निकालेको छ। बुधबार राति भएको खेलमा जर्मन क्लब लेइपजिगलाई २-० गोलले पराजीत गर्दै म्याड्रिडले उत्कृष्ट लयलाई निरन्तरता दिएको हो।

इस्टेडियो सान्टियागो बेर्नाबेउमा भएको खेलमा म्याड्रिडलाई जीत दिलाउन फेडेरिको भाल्भेर्डे र मार्को एसेन्सियोले समान १/१ गोल गरेका थिए। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफको अन्तिम १० मिनेटमा २ मिनेटमा २ गोल गर्दै म्याड्रिड विजयी भएको हो।

खेलको ८० औं मिनेटमा भिनिसियसको पासमा भाल्भेर्डेले गोल गर्दै म्याड्रिडलाई शुरुवाती अग्रता दिलाएका थिए। यस्तै इन्जुरी समयको पहिलो मिनेटमा टोनी क्रुसको पासमा एसेन्सियोले गोल गर्दै म्याड्रिडलाई २-० गोलको जीत दिलाए।

जीतसँगै म्याड्रिड २ खेलबाट ६ अंक जोड्दै समूह ‘एफ’को शीर्ष स्थानमा रहेको छ। दुवै खेलमा पराजीत लेइपजिग समूहको पुछारमा छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×